तनहुँको आँबुखैरेनीमा साथी साथी बीच विवाद हुँदा एक युवकको मृत्यु
तनहुँको आँबुखैरेनी–३ आँबुगाउँ स्थित छिम्केश्वरि मन्दिर जाने ग्रामीण सडकमा युवा बीच झडप हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा गोरखा शहिद लखन गाउँपालिका–३ सिलिङका १८ वर्षीय अमन गुरुङ रहेका छन् ।


आँबुगाउँ स्थित चौतारामा सँगै बसेर खाजा खाइरहेको अवस्थामा एकापसमा विवाद भइ झडप हुँदा डिलबाट तल खोल्सीमा खसेर गुरुङको घट्नास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्र ना उ रायले जानकारी दिए ।
पक्राउ परेका सातै जना युवकलाई बिहीबार म्याद थपका लागि जिल्ला अदालत तनहुँमा पेश गरिने उनले बताए । घटना मंगलबार राती करिब ९ बजे तिर घटेपछि प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । मृतकको शव अहिले दमाैली अस्पतालमा पाेष्टमार्टमका लागि ल्याइएको छ ।






















































