गण्डकी प्रदेश प्रहरी प्रमुख खनालकाे विदाई

गण्डकी प्रदेश प्रहरी प्रमुख खनालकाे विदाई

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनाल उमेर हदका कारण प्रहरी सेवाबाट अनिवार्य अवकास भएका छन् ।

बिहीबार गण्डकी प्रदेश प्रहरी कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रहरी सेवाबाट खनालकाे बिदाई गरिएको थियो । विदाई कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनि र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मिले बिदाई भई जानलाग्नु भएका प्रहरी नायव महानिरीक्षक खनाल र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालललाई मायाको चिनो प्रदान गरी शुभकामना व्यक्त गरेका थिए ।


करिव २९ बर्ष अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास भएकोमा प्रहरी नायव महानिरीक्षक खनाललाई हार्दिक बधाई दिंदै उनको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षकहरुले समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा रहेको बताउदै उहाँलाई पेशागत जिवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनुहुने उहाँकी धर्मपत्नीलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

विदाई मन्तव्य राख्ने क्रममा अवकास भएका प्रहरी नायव महानिरीक्षक खनालले आफुले नेपाल प्रहरीको सदस्य भई २९ बर्ष सम्म निरन्तर राष्‍ट्र तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमूखहरु, पोखरा उपत्यका स्थित प्रहरी कार्यलयका प्रहरी अधिकृत तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page