लियोद्वारा अपाङ्ग पुनर्स्थापना केन्द्रमा पाठ्यपुस्तक तथा कलम वितरण:

मिति:२०८१-०१-०८

सनिवार,

लियो क्लब अफ काठमाडौँ भ्यालि युथ र लियो क्लब अफ काठमाडौँ बिशालनगर द्वारा अपाङ्ग पुनर्स्थापना केन्द्र, नेपालमा पाठ्यपुस्तक तथा कलम वितरण गरिएको छ। क्लबबाट गोकर्ण स्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा २८ जना बालबालिकालाई पाठ्यपुस्तक तथा कलम वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत पुनर्वासमा बालबालिकाहरूलाई सहयोग गरेको लियो क्लब अफ काठमाडौं भ्यालि युथका क्लव उपाध्यक्ष सुचना खनालले बताइन्।उक्त सहयोग गोकर्ण ४ स्थित अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुलाई हस्तान्तरण गरिएको थियो ।




















































