राधा मावि शिक्षक अभिभावक संघको अध्यक्षमा पुनःरानाभाट
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ जामुनेमा रहेको राधा माध्यमिक विद्यालयले शिक्षक अभिभावक संघकाे अध्यक्ष नियुक्त गरेको छ ।


विद्यालय व्यवस्थापन समितिकाे मिति २०८१/०१/०९ गते बसेकाे बैठककाे निर्णयले शिक्षक अभिभावक संघकाे अध्यक्षमा सन्दिप रानाभाट लाई नियुक्त गरेको हाे । समितिका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकले पुन: रानाभाटलाई अध्यक्षमा नियुक्त गरेको हाे । रानाभाटकाे १० दिन अगाडि मात्रै पहिलो कार्यकाल सकिएको थियो ।




















































