अवैध लागु औषध गाँजा सहित आँबुखैरेनी बाट १ जना पक्राउ‌‌‍‍‍:

अवैध लागु औषध गाँजा सहित आँबुखैरेनी बाट १ जना पक्राउ‌‌‍‍‍:

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अवैध लागु औषध गाँजा सहित १ जना लाई पक्राउ गरेको छ ।

‌‌‍‍‍मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेको यात्रुबाहक बसबाट नुवाकोट ककनी गा.पा. वडा न. ६ रानी पौवा घर भएका २७ वर्षीय ईन्द्र लामा पक्राउ परेका हुन् । लामाले कालो झोला भित्र प्लाष्टिक बोरामा ल्याएको ३ के.जी. अवैध लागु औषध गाँजा सहित पक्राउ गरीएकाे प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page