व्यास २ का व्यस्त सडकमा जेब्रा क्रसिङ र सचेततामुलक बाेर्डहरू!
व्यास नगरपालिका वडा न २ ले वडा भित्रका ब्यस्त सडक र बिद्यालय क्षेत्रमा जेब्रा क्रसिङ , गति सिमित , बिद्यालय क्षेत्र पार्किङ लगायतका सचेतनामुलक बोर्डहरु राखेकाे छ ।


बजार भित्रका संवेदनशील क्षेत्रहरूमा हुन सक्ने दुर्घटनालाई न्युनिकरण गर्नका लागि वडाले यसै आर्थिक बर्ष योजना बनाई उपभोक्ता समिति गठन गरेर कामलाई प्रकृयागत रुपमा अगाडि बडाएकाे व्यास २ का वडा सदस्य सुरेश वाग्लेले वताए ।














































