छाेरी

छाेरी

छोरी तिमी ठुली नहुनु
केही प्रश्नहरू उठाईनेछन्
केही परम्पराहरू देखाइनेछन्
तिम्रो खुशीको बदलामा तिमीलाई देवी बनाइनेछ
यीन्का झुठा आश्वासनमा आएर तिमी आफ्नो खुशी नगुमाउनु
छोरी तिमी ठुली नहुनु

समाजका ठेकेदारहरू हरेक चिजको ठेक्का लिन्छन्
महिलाको शर्मको ठेक्का लिन्छन
महिलाको धर्मको ठेक्का लिन्छन
यिन्का वाहियात लाञ्छनासँग तिमी दुखी नहुनु
छोरी तिमी ठुली नहुनु

कि
ठुली भएर तिमी कुनै
झुटो संसार नबसाउनु
आफ्नो आँसुको मूल्यले
घर परिवार नबसाउनु
जुन सम्बन्धमा माया छैन
त्यसमा सति नहुनु
छोरी तिमी ठुली नहुनु
छोरी तिमी ठुली नहुनु

प्रज्वल खनाल,म्याग्दे १

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page