म्याग्देका महिलालाइ १५ दिने मादल बजाउने तालिम

म्याग्देका महिलालाइ १५ दिने मादल बजाउने तालिम

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा महिलाहरूकाे लागि आयाेजना गरिएको १५ दिने मादल बजाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।

बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा भएको उक्त तालिममा ३८ जना महिलाहरूकाे सहभागीता रहेको थियो । संस्कृति जाेगाउन तथा महिलाहरू लाई आत्मनिर्भर बनाउन तालिमको आयाेजना गरिएको सहकारीकि अध्यक्ष कमला खनालले बताइन् ।

घर गाउँतिर धार्मिक या कुनै साँस्कृतिक लगायतका अन्य कार्यक्रम भएको बेला मादल बजाउने महिलाको अभाव महसुस भएकोले महिलाको माग बमोजिम नैं तालिम प्रदान गरिएको खनालले बताइन् । तालिम पश्चात् अब बिहे , ब्रतवन्ध , रत्याैलि , पुजा लगायतका जुनसुकै कार्यक्रममा पुरूष खाेज्नुपर्ने अवस्था नहुने सहभागी महिलाहरूले बताएका छन् ।

चैत २५ गतेदेखि सुरु भएर सकिएको उक्त १५ दिने सीपमूलक तालिममा विश्व बुढा परियारले प्रशिक्षण दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page