म्याग्देका क्यान्सर पीडित थापालाई मगर संघ युएई द्वारा ६३ हजार सहयोग

म्याग्देका क्यान्सर पीडित थापालाई मगर संघ युएई द्वारा ६३ हजार सहयोग

तनहुँकाे म्याग्दे गाउँपालिका वार्ड न. ५ निवासी क्यान्सर पीडित प्रेम बहादुर थापाको उपचारको लागि विदेशमा बस्ने नेपालीहरू बाट आर्थिक सहयोग जुटेको छ । थापाको उपचारको लागि नेपाल मगर संघ शाखा युएई तथा उप संरक्षक डोल राना मगरको पहलमा उक्त सहयोग रकम जुटेको हाे ।

ने.म.स. युएई केन्द्रिय , क्षेत्रीय समिती लगाएत विभिन्न समाज सेविहरुबाट जम्मा गरिएको सहयोगार्थ रकम ६३ हजार ४ सय २६ नेमस शाखा युएई का भुतपुर्व प्रमुख संरक्षक अशोक राम्जाली मगर र समाज सेवि मिनसंङ थापा मगर द्वारा बिरामिलाइ हस्तान्तरण गरिएकाे थियो ।

यसरी रकम सहयोग गर्नेहरूमा नयन घर्ति मगर-५५/- दिर्हाम ,डोल राना मगर १०५/-दिर्हाम ,सलोन राना मगर १०५/-दिर्हाम ,सनम राना मगर १०५/ दिर्हाम, बिष्णु राना मगर ५५/-दिर्हाम ,सित्तल थापा मगर ५५/-दिर्हाम ,दिल पुन मगर ५५/-दिर्हाम ,मेघ थापा मगर ५०/- दिर्हाम ,जय सारू मगर-५१/-दिर्हाम ,होम रजाली मगर – ५५/-दिर्हाम , टंक थापा मगर-५५/-दिर्हाम ,कबिता राना मगर ५०/-दिर्हाम ,दीपक पुन मगर ५५/ दिर्हाम ,राम माया सारु मगर ५५/ दिर्हाम ,दिपक राना मगर ५०/ दिर्हाम रहेका छन् ।

यस्तै मान सारू मगर-५१/-दिर्हाम , ठाकुर क्याप्छाकी मगर ५०/-दिर्हाम ,पदम राना मगर -१११/-दिर्हाम ,आलिया श्रेष्ठ -५१/ दिर्हाम ,लक्ष्मि गुरुङ -५५/- दिर्हाम र नेमस, शाखा शारजाह क्षेत्रीय समिती ५००/- दिर्हाम गरि जम्मा युएई दिर्हाम=१ हजार ७ सय ७५ रहेको नेपाल मगर संघ युएईका अध्यक्ष नयन घर्तीले जानकारी दिए । यसरी सहयोग गर्ने सम्पुर्ण सहयोगीप्रती नेपाल मगर संघ युएईले धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै साथ र सपोर्टको अपेक्षा गरेको समाजका महासचिब होम रजाली मगरले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page