प्यारालाइसिस बिरामी थापालाई दमाैली फुटशलकाे २० हजार सहयोग

प्यारालाइसिस बिरामी थापालाई दमाैली फुटशलकाे २० हजार सहयोग

तनहुँकाे बन्दीपुर गाउँपालिका वडा नं ३ रामकाेट घर भएकि सरिस्मा थापा मगरलाई २० हजार रूपयां सहयोग प्राप्त भएको छ । लामो समयदेखि प्यारालाइसिसले थला परेकि थापालाई उनकै घरमा पुगेर दमाैली फुटशल क्लवले उक्त रकम सहयोग गरेको हाे । फुटशलका अध्यक्ष मनाेज गुरूङकाे नेतृत्वमा गएको क्लवका युवाहरूको टाेलिले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वकाे भावनाले उक्त रकम सहयोग गरेको जनाएको छ ।

प्यारालाइसिस बिरामी थापाको सम्बन्धमा सामाजिक सञ्जाल तथा साथीहरू मार्फत थाहा पाएपछि सहयोग गर्न पुगेको दमाैली फुटशलका अध्यक्ष मनाेज गुरूङले बताए । क्लवले गत चैत २६ गतेदेखि दमाैलीमा प्रथम दमाैली च्याम्पियन्स कप फुटबल प्रतियोगिता आयाेजना गरेको थियो , साेहि प्रतियोगिता बाट बचेको पैसालाई मानवीय संवेदनशीलता हेरि सहयोग गरेका हाैँ अध्यक्ष गुरूङले भने । हाम्रो सानो रकमले बिरामीको उपचारमा सहयोग पुग्ला र परिवारमा केही भए पनि राहत हाेला भनेर सहयोग गर्न पुगेको फुटशल अध्यक्ष गुरूङकाे भनाइ छ ।

पछिल्लो समय टाेलटाेलमा विभिन्न प्रतियोगिताहरू आयाेजना भइरहने र ति प्रतियोगिता सकिएपछि गुमनाम बस्ने अधिकांश क्लवकाे राेग नैं जस्तो बनिरहेको बेला दमाैली फुटशलले भने सामाजिक क्षेत्रमा रकम खर्च गरेर नमुना काम देखाएको छ ।

क्लवका अध्यक्ष मनाेज गुरूङले उक्त रकम बिरामी सरिस्माकि सासू आमा लाई हस्तान्तरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page