प्रदेश स्तरीय भलिबलमा तेस्रो स्थानको लागि तनहुँ र म्याग्दी भिड्दै

प्रदेश स्तरीय भलिबलमा तेस्रो स्थानको लागि तनहुँ र म्याग्दी भिड्दै

गोरखाको बारपाकमा जारी गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न हुँदैछ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापन र बारपाक सुलिकोट गाउँपालिका समेतको सहकार्यमा प्रतियोगिता आयाेजना भएको थियो ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ नवलपुर र स्याङजा जिल्ला बिच उपाधि भिडन्त हुने भएको छ । यस्तै प्रतियोगितामा तृतीय स्थानको लागि तनहुँ र म्याग्दी बिच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फको सेमीफाइनलमा म्याग्दीले कास्कीलाई २५–१३, २५–१६, २०–२५, २५–१७ ले पराजित गर्दा पर्वतले स्याङजालाई २५–१२, २५–१६, २५–१६ ले हराउँदै फाइनलमा पुगेका हुन् भने पुरुषतर्फ नवलपुरले तनहुँलाई २५–२२, २५–१६, २५–१६ ले र स्याङजाले म्याग्दीलाई २५–१८, २५–१७, २१–२५ र २५–१७ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रतियोगिता अन्तर्गत नै भएको महिलातर्फको क्वाटरफाइनलमा म्याग्दीले नवलपुरलाई २५–१३, २५–१३ को सोझो सेटमा पराजित गरी सेमीफाइनल प्रवेश गर्दा कास्कीले गोरखालाई २५–१८, २५–१८ ले, स्याङजाले बागलुङलाई २५–२०, २५–१४ ले, पर्वतले तनहुँलाई २५–१५ र २५–१३ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरेका थिए ।

यता पुरुषतर्फ क्वाटरफाइनलमा नवलपुरले बागलुङलाई २३–२५, २५–१८ र १५–७ ले कठिन जित निकाल्दै अन्तिम चारको यात्रा पार गरेको थियो । त्यसै गरी तनहुँले गोरखालाई २५–१९, २५–२३ ले, स्याङजाले लमजुङलाई २५–१४, २५–९ ले र म्याग्दीले पर्वतलाई २०–२५, २५–११ र १५–१२ ले जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका थिए ।

उक्त प्रतियोगिता १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत छनौट खेल रहेको परिषदले जनाएको छ । प्रतियोगितामा ११ जिल्लाका महिलातर्फ १० टिम र पुरुषतर्फ १० टिम गरी कुल २० टिमको सहभागिता रहेको छ । मनाङले पुरुषतर्फ र मुस्ताङले महिलातर्फको टिम सहभागिता नजनाएको प्रतियोगिताका संयोजक विनय थापाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page