लागु औषध सहित शुक्लागण्डकी बाट दुई युवा पक्राउ

तनहुँकाे शुक्लागण्डकी बाट लागु औषध सहित दुई युवा पक्राउ परेका छन् । शुक्लागण्डकी नपा वडा नं. ५ ब्राईटचोक मिलनटोल स्थित खैरेनिटार देखी दुलेगौडा तर्फ आउदै गरेको ग ११ प ५९०५ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक शुक्लागण्डकी ११ स्थायी घर भई ऐ. वडा नं. ५ शान्तीटोल बस्ने बर्ष ३६ को बिक्की चन्द र मोटरसाइकल पछाडी बस्ने गोरखा आरुघाट गा.पा. वडा नं. ८ स्थायी घर भई हाल शुक्लागण्डकी ५ बेलचौतारा बस्ने बर्ष ३३ को ठागु भन्ने रबी गुरुङ पक्राउ परेका हुन् ।

पक्राउ परेका चन्द र गुरूङको साथबाट Diazepam Injection लेखिएको २ ml को एम्पुल-२१ (एक्काईस) थान, Phenergan लेखिएको २ ml को एम्पुल- २१ (एक्काईस) थान, BUPRENORPHINE INJECTION लेखिएको २ ml को एम्पुल २१ (एक्काईस) थान, NITRAVET-10 लेखिएको ट्याब्लेट १२ (बाह्र) चक्की लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त लागु औषध सहित पक्राउ परेका ठागु भन्ने रबी गुरुङ र बिक्की चन्दलाई तनहुँ जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page