म्याग्देमा क्षयरोग मुक्त पालिका अन्तर्गत वडा स्तरीय अभिमुखिकरण कार्यक्रम:

म्याग्देमा क्षयरोग मुक्त पालिका अन्तर्गत वडा स्तरीय अभिमुखिकरण कार्यक्रम:

म्याग्दे गाउँपालिकामा क्षयरोग मुक्त पालिका अन्तर्गत वडा स्तरीय अभिमुखिकरण तथा सुक्ष्म योजना गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिका वडा नं ६ का अध्यक्ष हिरालाल गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ज्ञान बहादुर बि.सि., सेभ द चिल्ड्रेनका प्रतिनिधि राजेश कुमार यादव, डा. लोकेन्द्र कार्की तथा स्वास्थ्य कार्यलय तनहुँका ल्याब टेक्निसियन निरिक्षक राजेन्द्र रानाभाटले कार्यक्रमको अनुगमन गरि आवश्यक पृष्ठपोषण प्रदान गरेका थिए ।

सो कार्यक्रममा म्याग्दे गाउँपालिकाका क्षयरोग मुक्त अभियान संयोजक अमृतराज पोख्रेल र जनस्वास्थ्य निरिक्षक सक्षम घिमिरेले प्रशिक्षण गराएका थिए ।

वडा स्तरीय अभिमुखिकरण तथा सुक्ष्म योजना गोष्ठी कार्यक्रम बैशाख महिना भरि सम्पूर्ण वडामा संचालन गरिने गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page