क्षयरोग मुक्त अभियान , वडास्तरिय समितिकाे अध्यक्षमा काशीराम
क्षयरोग मुक्त अभियान कार्यक्रमकाे लागि व्यास नगरपालिका वडा नं २ वडास्तरिय समिति गठन भएको छ । बिहीबार भएको समिति गठन एवम् अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि बाट अध्यक्षमा काशिराम श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।


यस्तै समितिकाे सदस्यहरूमा जनप्रतिनिधिबाट जगत बहादुर छेत्री ,सुरेश वाग्ले ,सविता रसाइली ,रफत साना मिया चयन भएका छन् । यस्तै सदस्यहरूमा वडासचिव पम्फा बस्नेत , समाजसेवी कल्पना पोख्रेल ,क्याप्टेन सुर्य कुमार मल्ल,हरिश्चन्द्र घिमिरे ,आशा गोदार भण्डारी ,सरिता शर्मा ,म.स्व.स्व बाट गोमा धिताल ,सबिता श्रेष्ठ ,सरस्वती गैरे रहेका छन् । यस्तै टाेल बिकास संस्था बाट बाबुराम पोख्रेल ,सुरज बुढाथोकी र प्रेम कुमार श्रेष्ठ रहेका छन् ।


महिला वडा समन्वय समिति बाट इन्दिरा पण्डित ,सामाजिक संस्थाबाट निजाम दिन मिया ,अस्पताल प्रतिनिधि बाट समाधान अस्पतालकी रुबिना खान , बिद्यालय बाट सत्यवती प्रअ पुष्पकला भट्टराई,पार्वती थापा मगर र केराबारी स्व. के सुभद्रा आचार्य सदस्य सचिव चयन भएका छन् ।

व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखाको आयाेजनामा भएको उक्त कार्यक्रममा व्यास नगरपालिकाकि जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरूङले तथा वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक कल्पना दाहाल र क्षयरोग मुक्त अभियान कार्यक्रम संयाेजक सिमा घर्तीले सहभागीहरू लाई अभिमुखिकरण दिएका थिए ।कार्यक्रममा जनप्रतिनिधि , टाेलका अध्यक्षहरू , बिद्यालयका प्रअ हरू , आमा समुहका अध्यक्षहरू , विभिन्न क्लव , सामाजिक संघ संस्था लगायतका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो ।












































