लियो कप फुटबलको ऋषिङ्ग गाउँपालिका अध्यक्ष श्रेष्ठ द्वारा उद्घाटन

लियो कप फुटबलको ऋषिङ्ग गाउँपालिका अध्यक्ष श्रेष्ठ द्वारा उद्घाटन


लियो क्लब अफ तनहुँद्वारा आयोजित छैठौं लियो कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् । सुक्रवार र सनिवार गरि दुई दिन दमाैलीकाे वीपी बनवाटिका खेलमैदानमा हुने प्रतियोगिताकाे अध्यक्ष श्रेष्ठले उद्घाटन गरेका हुन्।

लियो क्लव अफ तनहुँकि अध्यक्ष बसन्ती थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा व्यास नगरपालिका वडा न ३ का अध्यक्ष अनुप राना , वडा नं ५ का अध्यक्ष हिमाल श्रेष्ठ , वडा नं २ का सदस्य सुरेश वाग्ले , तनहुँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शंकर लाल राजभण्डारी , तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्ल लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page