पत्रकार काफ्लेको “हाम्रो मानुङ्गकोट’ गीत सार्वजनिक

पत्रकार काफ्लेको “हाम्रो मानुङ्गकोट’ गीत सार्वजनिक

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्लेको ‘हाम्रो मानुङ्गकोट’ गीत सार्वजनिक भएको छ । तनहुँको प्रसिद्ध पर्यटकीय स्थल मानुङ्गकोटको महिमामा आधारित गीत ‘हाम्रो मानुङ्गकोट’हालैमात्र सार्वजनिक भएको हो ।

काफ्लेको आफ्नै युटुव च्यानल बाराही मिडिया मार्फत गीत सार्वजनिक गरिएको हो । काफ्ले स्वयंकाे आवाज तथा शब्द संकलन रहेको गीतमा संगित भने राजकुमार बगरको रहेको छ । गीतमा  मानुङ्गकोटको प्राकृतिक सुन्दरताका साथै दमौली र आसपासका क्षेत्रको वर्णन गरिएको छ । 

मानुङ्गकोट पर्यटकीय दृष्टिकोणले अति नै सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचार प्रसारमा मदत पु¥याउने उद्देश्यले गीत रचना गरेको काफ्लेले बताए । उनको रचनामा यस अघि राष्ट्रिय र विश्व बंधुत्वको भाव झल्किने गीत “यहि हो हाम्रो शान”, प्रजातन्त्र प्रजातन्त्र धोखा तिमिले दिन्छौ भन्ने आधुनिक गित र मध्य रात सपनिमा वोलको पप लगायतका गीत सार्वजनिक भईसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page