व्यास ३ द्वारा सेतीमादी सामुदायिक वन क्षेत्रमा सरसफाइ

व्यास ३ द्वारा सेतीमादी सामुदायिक वन क्षेत्रमा सरसफाइ

तनहुँकाे व्यास नगरपालिका वडा नं ३ स्थित सेतीमादी सामुदायिक वन क्षेत्रभित्र बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । सामुदायिक वन क्षेत्रमा खुल्ला व्यायमशाला एवं पार्क निर्माण गर्नको लागि वडा नं. ३ को संयाेजनमा वडा भित्रका आठवटै टाेल विकास संस्था , जिल्ला प्रहरी कार्यालय तनहूँ, रोटर्याक्ट क्लव अफ द‌मौली , नमस्ते देउरालि यूथ क्लब लगायत आमा समूह सहितको उपस्थितिमा सरसफाइ गरिएको हाे ।

व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप रानाकाे नेतृत्वमा भएको सरसफाइ अभियानमा करीब २ सय जनाको सहभागीता रहेको वडा सदस्य दधिराज घिमिरेले बताए । वडाले उक्त स्थानमा खुल्ला व्यायामशाला राख्ने तयारी गरिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page