दमाैलीमा फुटबल मैदान नहुँदा प्रदेश स्तरीय महिला फुटबल भिमादमा हुने !

दमाैलीमा फुटबल मैदान नहुँदा प्रदेश स्तरीय महिला फुटबल भिमादमा हुने !

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला महिला फुटबल प्रतियोगिता-२०८१ हुने भएको छ । बैशाख २४ गते देखि २६ गतेसम्म हुने प्रतियोगिता तनहुँ जिल्लाको भिमाद रंगशालामा संचालन हुने एन्फा गण्डकीका महासचिव विनोद गुरूङले गरेको पत्राचारमा उल्लेख छ ।

प्रदेश स्तरीय प्रतियोगिता सदरमुकाम दमाैलीमा हुनुको सट्टा भिमादमा किन पुग्यो त! अहिले आम खेलकुद लाई नजिक बाट नियाल्ने हरू बिच यही विषयमा बहस भइरहेको छ । खासगरी दमाैलीमा उपयुक्त इलाभेन ए साइट फुटबल प्रतियोगिता खेलाउने मान्यताप्राप्त खेलमैदान नभएर नैं यहाँ आयाेजना नभएको हाे। हुनपनि दमाैलीमा ठुला खाले प्रतियोगिता लामो समयदेखि ठप्प छ । कहिलेकाहीँ भएको खेलहरू पनि सेभेन ए साइटका मात्रै भएका छन् ।
फुटबल मैदान नभएकै कारण मात्रै दमाैलीमा प्रतियोगिता नआउने भएको हाे त ! यसमा अर्को पनि कारण देखिएको छ एन्फा जिल्ला अध्यक्ष भिमाद निवासी हुनु ।

यस सम्बन्धमा एन्फा गण्डकीका महासचिव विनोद गुरूङ सँग सम्पर्क गर्दा याे निर्णय गर्ने अधिकार खेलकुद परिषदकाे भएको बताए । यता जिल्ला खेलकुद बिकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे सँग सम्पर्क गर्दा सुरुमा दमाैलीकाे कुरा आएपनि बिबिध कारणले भिमाद गएको बताए । खेलमैदान पनि एउटा कारण भएको पाण्डेको आसय थियो ।

दमाैलीमा खेलकुद प्रतियोगिता हुन सकेको भए गण्डकी प्रदेश अन्तर्गत वाग्लुङ, स्याङ्गजा, कास्की, लम्जुङ्ग, मनाङ्ग, गोरखा र नवलपुर जिल्ला फुटवल संघहरु तथा पर्वत, म्याग्दी र मुस्ताङ्ग जिल्लाका खेलकुद समितिहरु , खेलाडीहरू यहाँ आउने थिए । दर्शकहरू र अन्य चहलपहल र यहाँको वातावरण नैं अर्को हुन्थ्यो , तर दुर्भाग्य त्यो हुन सकेन ।

यस सम्बन्धमा खेलकुद परिषद गण्डकी प्रदेशमा टेलिफोन गर्दा फुटबल भिमादमा र बास्केटबल दमाैलीमा गर्ने निर्णय भएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page