जिआर इलेक्ट्रोनिक्स द्वारा गफारकाे अभियानलाई सहयोग
बुल्दी र चुँदी खोला सरसफाई अभियानका अभियान्ता मोहम्मद गफार ‘सुदीप’ काे अभियानलाई व्यास नगरपालिका–३ सफासडक स्थित जिआर इलेक्ट्रोनिक्सल सप्लायर्सले सहयाेग गरेको छ । ‘म बदलिए मेरो देश बदलिन्छ’ भन्ने मुल नाराका साथ गफारले सञ्चालन गरेको अभियानलाई पूर्ण रुपमा साथ र सहयोग रहने प्रतिबद्धता सहित योगदानको उच्च मूल्याङ्कन गर्दै नगद पाँच हजार एवम् दोसल्ला ओढाई प्रशंसापत्र द्वारा सहयोग तथा सम्मान गरिएको हाे ।


जिआर इलेक्ट्रोनिक्स सप्लायर्सका प्रबन्ध निर्देशक राजेन्द्र घर्ति र प्रमुख अतिथि नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले प्रसंशापत्र र दोसल्ला ओढाई उनलाई सम्मान गरेका थिए । उक्त सम्मान एवम् हाैसलाले काममा थप हौंसला प्रदान गरेको गफारले बताए । दुवै खोलाहरु दिनप्रतिदिन प्रदुषित हुँदै गएकोले सरसफाईको लागि अभियान सञ्चालन गर्नु परेको गफारले बताएका थिए ।


गफारकाे अभियानको लागि दमौलीका व्यवसायी कुमार मल्लले नगद १५ हजार सहयोग गरेका छन् । बुल्दी खोलामा वैशाख २९ गते र चुँदी खोलामा जेठ ५ गते सरसफाई अभियान सञ्चालन गरिने भएको छ ।

अभियानमा सबैभन्दा धेरै फोहर निकालेर सफा गरी प्रथम हुनेलाई दश हजार र द्धितीय हुनेलाई पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा मनाेज अधिकारी , सुदीप पाैडेल , अजित पन्त लगायत ले शुभकामना व्यक्त गरेका थिए ।












































