अज्ञात समुह द्वारा शुक्लागण्डकी नगरपालिका गेटमा कागजी विद्रोह

अज्ञात समुह द्वारा शुक्लागण्डकी नगरपालिका गेटमा कागजी विद्रोह

 तनहुँकाे शुक्लागण्डकी नगरपालिकाकाे मुख्य गेटमा अज्ञात समुहले कागजी विद्राेह गरेका छन् ।

नगरपालिकाकाे मुल गेटमा सेताे कागजमा विभिन्न बिषयहरू लेखेर अज्ञात समुहले टाँसेर छाेडेका छन् । दुलेगौंडा बजार वरिपरि लामो समयदेखि धुलो , धुवाँ र प्रदुषणले आजित भएका स्थानीयकाे अवस्थाकाे बारेमा नगरपालिकाकाे ध्यानाकर्षण गराउन अज्ञात समुहले ति विषय उठान गरेको हुनसक्ने अड्कल गरिएको छ ।

गेटमा टाँसिएको कागजमा प्रदुषण मुक्त शुक्ला कति राम्रो हाेला, स्वच्छ हावामा सास फेर्न देउ, वायु प्रदुषण हाे एक राेग जस्ता विषय उठान गरिएको छ ।

मुल गेटमा टासिंएको कागजहरू फाेटाे खिचेर फेसबुकमा पाेष्ट गर्दै नगरपालिकाका मेयरका स्वकीय सचिव त्रिलाेचन लम्सालले लेखेका छन् – पृथ्वीराजमार्ग निर्माण कार्य अगाडि बढाउन नसक्नु नगरपालिका पनि जिम्मेवार रहेकाे साथै काम गर्ने सहज वातावरण बनाउने केही स्थानीय पनि जिम्मेवार वन्नुपर्ने उल्लेख गरेका छन् ।

म पनि शुक्लागण्डकी नगरपालिकासंग जोडिएको भएर केहि जिम्मेवार छु । निर्माण कार्य रोकिनुको मुख्य कारण विद्युत लाईन हो र विद्युत लाईन सार्न अबरोध गर्ने राजमार्गको अधिकार क्षेत्रमा बनेको संरचना नहटाउने पनि जिम्मेवार हुनुहुन्छ त्यसैले सबैले आफ्नो जिम्मेवारी मनन गरौ´ उनले भनेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page