म्याग्देमा राेकिराखेकाे टिप्परलाइ बलेराेले ठक्कर दियो
म्याग्दे गाउँपालिका वडा नं २ स्थित बडहरेमा राेकिराखेकाे टिप्परलाइ बाेलेराेले ठक्कर दिएको छ ।
दमाैलीबाट पोखरा तर्फ जाँदै गरेको ग ३ च ५४७१ नम्बरको बोलेरोले सडक किनारमा मर्मतको लागि रोकिराखेको ग १ ख ५८७५ नम्बरको टिप्परलाई ठक्कर दिएको हाे । बोलेरो सडकको दाइने तर्फ बाट पोखरा जाँदै गर्दा सडकको डिभाइडर नै नागेर दुर्घटना भएको हाे । दुर्घटनामा कसैलाई पनि चाेट भने लागेको छैन ।
















































