गण्डकी प्रदेशले पायो महिला डिआइजी
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले महिला डिआइजी पाएको छ ।

गृह मन्त्रालयको मिति २०८१।०१।१३ गतेको निर्णयानुसार उपत्यका प्रहरी रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएकी प्रहरी नायव महानिरीक्षक डिआइजी दुर्गा सिंहले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेपछि गण्डकीले नयाँ महिला डिआइजी पाएको हाे ।


गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेकी प्र ना महानिरीक्षक सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गरेका थिए । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिएकी थिइन् ।














































