दमाैलीमा घर भत्काउन क-कसकाे बाँकी ( नामावली सहित )
पृथ्वीराजमार्ग विस्तारकाे क्रममा दमौली बजार क्षेत्रका घरटहरा समयमा भत्काउन नमान्दा काम नैं प्रभावित भएको छ । मुग्लिन-पोखरा सडक विस्तारमा समस्या भएपछि घरटहरा हटाउन व्यास नगरपालिकाले पटक पटक अनुरोध गर्दै आए पनि सम्बन्धित पक्षले आनाकानी गर्दा याेजनाकाे काम नैं प्रभावित भएको हाे ।
व्यास नगरपालिकाको २ र ४ नम्बर वडाका ७४ घर
टहरा हटाउनुपर्नेमा हालसम्म ४९ वटा घरधनीले
मुआब्जा बुझेपनि केहीले बाहेक अन्यले घरटहरा
हटाउन विलम्ब गर्दै आएका नगरपालिकाले बताएको छ । यस्तै २५ घरधनीले भने मुआब्जा बुझ्ने प्रक्रियामै आएका छैनन् ।


मुआब्जा बुझेकाले समेत घरटहरा हटाउन आनाकानी गर्दा धुलो र प्रदुषणले दमौली बजार अस्तव्यस्त भएको छ । व्यास नगरपालिका वडा नं. ४ का २१ र वडा नं. २ का १९ घरधनीले मुआब्जा लिएर पनि संरचना नहटाएकाे नगरपालिकाले जनाएको छ ।

‘वडा नम्बर ४ का २१ र वडा नम्बर २ का १९ घरधनीले सडक अधिकार क्षेत्र २५ मिटर दायाँबायाँ भत्किने घरको मुआब्जा बुझ्ने तर भत्काउने कार्य नगर्नाले बजार क्षेत्र प्रदूषित बनेको स्थानीयकाे गुनासो छ । घर भत्काउन ढिलाइले बजार क्षेत्रको बाटो विस्तार अवरुद्ध भएको, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य र जीवनमा सास्ती भोग्नुपरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेको पत्राचारमा उल्लेख छ । सडक निर्माण कार्यको म्याद समाप्त भइसकेकाले थप भएको म्यादभित्र सडक निर्माण हुन नसकेमा आयोजनाको अवधि समाप्त भएपछि हाल प्राप्त क्षतिपूर्ति प्राप्त हुने अवस्थाको समय अन्त्य हुने जोखिम रहेको छ ।

सडक क्षेत्रका घरहरु नभत्काइ अलमल गरिरहनु दमौली बजार र घरधनी स्वयं आफ्नै हितमा समेत नहुने हुँदा सात दिन भित्र भत्काउन नगरप्रमुख न्याैपानेले पत्राचार गरेका छन् ।

यता घरधनिहरूले भने ७५ फुट छाेडेर घर बनाएको आधारले नैं व्यास नगरपालिकाले घर सम्पन्न कागज दिएको बताएका छन् । हिजो नगरपालिकाले किन दियो त सम्पन्न ? उनिहरूकाे भनाइ छ ।
व्यास नगरपालिका वडा नं २ र ४ मा घर भत्काउन बाँकी काे नामावली –














































