बुधबारदेखि सुरु भएको योग विज्ञान शिविरमा सर्वसाधारणको उपस्थिति बढ्दै

बैशाख १९ गते बुधवारबाट दमौली स्थित व्यास-३, अनसन चौतारी खुल्ला मञ्चमा सुरु भएको योग विज्ञान शिविरमा सर्वसाधारणको उपस्थिति बढ्दै गएको छ। महिला पतञ्जली व्यास नगरकाे आयाेजनामा भएको शिविर बिहान ४:४५ देखि ६:१५ सम्म भइरहेको कार्यक्रम संयाेजक मोक्षदा ढकालले बताइन् ।

शिविरमा सहभागि हुनाले सुगर, पिनास, अनिन्द्रा, टाउको दुखाई जस्ता रोगहरुको १५ दिनमा नै सकारात्मक परिणाम प्राप्त हुने भन्दै ढकालले ढाड दुखाई तथा मेरुदण्डको समस्या, नशा सम्बन्धी समस्या, प्रेसर, थाईराइड जस्ता विभिन्न रोग अनुसारको समूह विभाजन गरी योगाशन गराईएकाे हुनाले सकारात्मक परिणाम शिघ्र प्राप्त गर्नकाे लागि सम्बन्धित समस्या भएका व्यक्तिहरूलाई आउन उनलेे आग्रह गरेकी छन् ।

साथै शिविरमा दैनिक हवन (देवयज्ञ) भइरहेको समेत ढकालले जानकारी दिइन् ।शिविरकाे सुरुवाती दिनमा भन्दा उपस्थिति बढ्दै गएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page