नेता पाैडेलले बिद्यालयलाइ १ लाख ५० हजार बराबरको पुस्तकालय र्याक दिने

नेता पाैडेलले बिद्यालयलाइ १ लाख ५० हजार बराबरको पुस्तकालय र्याक दिने

समाजसेवी एवं काङ्ग्रेस नेता नवीनराज पौडेलले तनहॅुका उत्कृष्ट १० सामुदायीक बिद्यालयलाई एक लाख पचास हजार बराबरको पुस्तकालय र्याक दिने घोषणा गरेका छन् ।
उनले आफ्नो जन्मदिनको अबसर पारेर यस्तो घोषणा गरेका हुन्। रिस्ती बिकास समाजका अध्यक्ष समेत रहेका उनले संस्था मार्फत बिद्यालयलाई सहयोग गर्ने बताएका छन्।साथै उनले १ लाख ११ हजार १ सय ११ रूपयांको अक्षय कोष मार्फत बार्षिक ब्याज आम्दानीबाट एकजना श्रमजिबी पत्रकारलाई सम्मान गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।

आगामी बर्षबाट पत्रकार सम्मान कार्यक्रम कार्यन्वयन गर्ने उनको योजना रहेको छ। पछिल्लो समय गृह जिल्ला तनहॅुमा सकृयता बढाएका पौडेल झन्डै तिन दशक पछि गाउॅ फर्केर घर पुनःनिर्माणमा समेत लागेका छन्।
संचारकर्म संगै राजनितीमा लागेका उनी पद भन्दा पनी सेवामुखी भएर समाजसेवामा लाग्ने बताउॅछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page