म्याग्देमा १२४ जनाकाे मोतियाविन्दुको शल्यक्रिया

म्याग्देमा १२४ जनाकाे मोतियाविन्दुको शल्यक्रिया

म्याग्दे गाँउपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र नेपाल नेत्रहीन संघको प्राविधिक सहयोगमा म्याग्दे गाँउपालिकामा १२४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । बैशाख ९ गते देखि १९ गते सम्म प्रत्येक वडा कार्यलयमा आँखाको शिविर संचालन गर्दे आएको पालिकाले आँखामा मोतियाविन्दु समस्या देखिएको व्यक्तिहरुको उपचार गरेको हो ।

आँखा शिविरमा ७१० जना पुरुष र १२७५ जना महिला गरि जम्मा १९८५ जनाको आँखा परिक्षण गरिएको थियो । उपचारको क्रममा ८५ जना पुरुष र १०८ जना महिला गरि कुल १९३ जनालाई मोतियाविन्दु देखिएकोे थियो । जसमध्ये पालिकाले मंगलबार र बुधबार गरि एक सय २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले बताए ।

त्यस्तै गरि शिविरमा ५५ जना पुरुष र ४५ जना महिलालाई चस्मा र १ हजार ५ सय जनालाई अाैसधि वितरण गरेको घिमिरेले जानकारी दिए ।

पालिकाले यसअघि पनि जनलक्षित विभिन्न कार्यक्रम गर्दे आएको र यो आँखाको शिविर पनि त्यसैको प्रारुप भएको म्याग्दे गाँउपालिकाकाले जनाएको छ । जनताको चाहना र आवश्यकताअनुसार पालिकाले शिविर संचालन गरेको हाे । यस अगाडि पालिकाले निशुल्क मृगौला परिक्षण शिविर , पाठेघरकाे क्यान्सर र स्तन क्यान्सर शिविर, एकीकृत घुम्ती शिविर गरिसकेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

आखाकाे समस्या भएका बिरामीले घर गाउँमै उपचार पाउँदा खुसी भएका छन् । शिविरमा माेतियाविन्दु देखिएर शल्यक्रिया गरेका म्याग्दे १ का खड्गबहादुर थापाले गाउँपालिकाले राम्रो काम गरेको बताए । निशुल्क रूपमा आफ्नाे ठाउँमा उपचार व्यवस्था मिलाइदिएकाेमा उनले पालिकालाई धन्यवाद दिए ।यस्तै शल्यक्रिया गरेका म्याग्दे ३ का शिव बहादुर थापाले पनि आफ्नैँ ठाउँमा उपचार सेवा लिन पाएकोमा खुसी व्यक्त गरे ।

भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

उक्त टाेलिमा नेत्र विशेसज्ञ- डा. आषिश पौडेल नेत्र सहायक – सुवास सापकोटा, सपना प्रधान, सन्देश लामिछाने ,सविता महरा लगायत रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page