टिपर र माेटरसाइकल ठक्कर खाँदा दुइपिप्लेका अन्सारी घाइते
तनहुँकाे ब्यास नगरपालिका वडा नं.७ दुलेपानी स्थित दमौली भोर्लेटार सडक खण्डमा लम्जुङ बाट दमौली तर्फ आउदै गरेको ग १८ प ९८३६ नं.को मो.सा र बिपरीत दीशा बाट जादै गरेको ग १ क १६५६ नं.को टिपर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।


दुर्घटनामा मो.सा चालक पर्सा जिल्ला घर भई हाल लम्जुङ जिल्ला मध्यनेपाल न.पा.४ दुईपिप्ले बस्ने बर्ष २७ को जावर अन्सारी घाईते भएका हुन् । घाईते अन्सारीको निधार र टाउकोमा चोट लागेको र उपचारको लागि दमाैली अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।












































