दमाैली सागे चल्ने गाडीले भाडा महंगो लिएको यात्रुहरूको गुनासो
दमाैलीबाट सागे चल्ने गाडीहरूले ताेकिएकाे भन्दा बढी भाडा लिने गरेको यात्रुहरूले गुनासो गरेका छन् । स्थानीयहरूले गाडी भाडा महंगो लिने गरेको गुनासो पटकपटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि ति निकायले तदारुकता नदेखाउँदा त्यस भेगका यात्रुहरू मारमा पर्दै आएका छन् ।


सर्वपक्षीय बैठक बसी पिच बाटोमा प्रतिकिलाेमिटर ५ रूपयां र कच्ची बाटोमा प्रतिकिलोमिटर ९ रूपयां भाडा निर्धारण गरेको भए पनि व्यवहारमा त्यो हुन नसकेको स्थानीय साधना श्रेष्ठले बताइन् । उक्त भाडा निर्धारण पनि तेल महंगो १८० रूपयां भएको बेला निर्धारण भएको र अहिले तेलको भाउ घटेर १५६ रूपयां लिटर भएको श्रेष्ठले बताएकि छन् । व्यास ५ घर भएकि अर्की स्थानीय सरस्वती श्रेष्ठले आफुले १८ किलोमिटर बाटोकाे भाडा २५० रूपयां तिरेकाे बताइन् । यो त अति बढी भयो नि भन्दै उनले यस्तो मनपरि गर्न राेक्नुपर्ने बताएकि छन् ।


यश सम्बन्धमा स्थानीय यातायात समितिका अध्यक्ष केदार पाैडेल सँग बुझ्दा याे विषयमा पहिल्यै भाडा निर्धारण भइसकेको भन्दै १८ किलोमिटरकाे २५० भाडा लिन असम्भव भएको बताए । अहिलेसम्म त्यस्तो गुनासो र आफुलाइ जानकारी नआएकाे भन्दै पाैडेलले वास्तविक कुरा के रहेछ बुझ्ने बताए ।



























