दमाैलीका युवा फरहानले खाेले बागभञ्ज्याङमा जिम हाउस

दमाैलीका युवा फरहानले खाेले बागभञ्ज्याङमा जिम हाउस

तनहुँकाे व्यास नगरपालिका वडा नं ४ दमाैलीका युवा फरहान अलिले बागभञ्ज्याङमा सिटी हव जीम सञ्चालनमा ल्याएका छन् । बैशाख २२ गतेदेखि सञ्चालनमा आएकाे सिटी हव जीममा अनुभवी ट्रेनरबाट महिला तथा पुरूषकाे लागि जुम्बा क्लास गराइनुका साथै पर्सनल ट्रेनर तथा खानपिनका बारेमा सिकाइने सञ्चालक अलिले बताए । जीममा आउने हरूकाे लागि अहिले इन्ट्रि फ्रि गरिएको अलिले जानकारी दिए ।
जुम्वा नृत्यले शरीरकाे ताैल घटाउने र शरीरलाई फिट राख्ने हुनाले यसतर्फ युवाहरूको आकर्षण बढिरहेको बेला समयको मागलाई मध्यनजर गरि अत्याधुनिक मेसिन सहित सिटी हव गेम सञ्चालनमा ल्याएको अलिकाे भनाइ छ ।
सर्फु मियाकाे लगानीमा उक्त जुम्वा डान्स/ जिम हाउस सञ्चालनमा आएकाे हाे ।

पछिल्लो समय अधिकांश युवा शक्ति बिदेश पलायन भएको बेला यहीँ आफ्नाे ठाउँमा केही गराैं भनेर सिटी गेम सञ्चालनमा ल्याएका युवालाई साथ र हाैसला दिइ सहयोग गरिदिन युवा व्यवसायी एवम् समाजसेवी नजरात अलिले आग्रह गरेका छन् । ठुलो विश्वासका साथ सिटी गेम सञ्चालनमा ल्याएका युवाको जाेश र जाँगर लाई मर्न नदिन सिटी गेममा आउन उनले सबैमा आव्ह्वान गरेका छन् । सुन्दर , शान्त र काेलाहल मुक्त वातावरणमा जीम हाउस बजारकाे नजिकै सञ्चालनमा आएकाेले युवाहरूको आकर्षण बढ्दै जाने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page