गजल
🌹🌹🌹 गजल 🌹🌹🌹

गफै हानी दिउँसै तारा, झार्छौ र त वाक्क लाग्छ
जस्लाइ भेट्यो उस्लाइ ठिक्क,पार्छौ र त वाक्क लाग्छ

भमराझैं डुलि हिड्छौं, कहिले दायाँ कहिले बायाँ
मलाई भने सारा कुरा, खार्छौ र त वाक्क लाग्छ
पिरतिमा पागल भयौ, दुनियाको चक्कर परि
सुगर बढ्यो भन्दै मुख, बार्छौ र त वाक्क लाग्छ
सिधा कुरा गर भन्दा , मान्ने हैन कहिले पनि
जहिले पनि भोलि भन्दै, टार्छौ रत वाक्क लाग्छ

घरी घरी लाग्छ अब, तिम्रो मुखै हेर्दिन भो
नजरैले हानी हानी , मार्छौ र त वाक्क लाग्छ
सागर तर्दा एक्लै भएं, साथ दिने कोहि भएन
कुलो तर्दा हात समाइ, तार्छौ र त वाक्क लाग्छ
नबिना खनाल गौतम
पोखरा लामाचौर




























