गाैसंरक्षण केेन्द्रमा जनगणपती माविको पशु स्वास्थ्य शिविर

गाैसंरक्षण केेन्द्रमा जनगणपती माविको पशु स्वास्थ्य शिविर

शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा रहेकाे गाैसंरक्षण केन्द्रमा निशुल्क औषधि वितरण तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।


म्याग्दे गाउँपालिका वडा नं ३ स्थित श्री जनगणपती मा.वि द्वारा हालै भएको उक्त शिविरबाट करिब दुई सय पशुले उपचार र किसान ले परामर्श पाएका छन् ।

प्राविधिक शिक्षा तर्फ पशु विज्ञान विषयका विद्यार्थीहरुलाई प्रयोगात्मक सिप सिकाउन गौशालामा ल्याईएको अध्यापक एंव् पशु चिकित्सक ईश्वर तिवारीले बताए । गौ संरक्षण केन्द्रमा विभिन्न ठाउँबाट ल्याईएका थरीथरी किसिमका गाईहरु रहेकाले प्रयोगात्मक अध्ययनका लागि उपयुक्त भएको शिविरमा सहभागी विद्यार्थी सन्ध्या खनालले बताईन् । पशु प्राविधिक राजेश तिवारीले सैद्वान्तिक ज्ञानको व्यवहारिक रुपान्तरणका लागि शिविरले महत्वपूर्ण सहयोग पुराएको बताए ।

QMED formulation,MDH pharmaceuticals, Vetmainkind,पाैडेल भेटेरिनरी सेन्टर भिमाद , बेलवास भेटनरी सेन्टर दमाैली जस्ता निजी संस्थाले उक्त शिविरमा औषधि लगायत आवस्यक सामग्री सहयोग गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page