जनजागृति माविको अध्यक्षमा इश्वर
व्यास नगरपालिका–१३ स्थित जनजागृति गंगा माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समिति र पिटिए समितिका पदाधिकारी चयन गरिएको छ । विद्यालयमा मंगलबार आयोजित भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ईश्वर प्रसाद बिसुराललाई चयन गरेको छ । यस्तै समितिकाे सदस्यहरूमा आनन्द घागा मगर,हरिराम बस्नेत र सकुन्तला सापकोटालाइ चयन गरेको छ ।


त्यसैगरी शिक्षक अभिभावक संघकाे अध्यक्षमा सुमित्रा गिरी तथा सदस्यहरूमा सावित्री अधिकारी,मिना पौडेल,सुरेन्द्र घर्ती र गंगा ढुंगेल सर्बसम्वत चयन भएको विद्यालयका सूचना अधिकारी तीर्थराज परियार बर्देवाले जानकारी दिए ।


कार्यक्रममा प्रमुख अतिथी विद्यालयका संरक्षक एवं व्यास नगरपालिका–१३ का अध्यक्ष बसन्त बहादुर आलेले कार्यक्रमको उदघाटन गर्दै निर्वाचित टिमलाई चुनौती र अवसर दुवै रहेको बताए । सञ्चालक समितिको टिम सशक्त रहेको र यसबाट विद्यालयको शैक्षिक उपलब्धिवृद्धिका साथै गुणस्तरमा विकास हुने आलेले विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेशमबहादुर बिकले निवर्तमान अध्यक्षको तर्फबाट निर्वाचित अध्यक्ष एवं टिमलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए भने सञ्चालन विद्यालयका प्रधानाध्यापक मिनु सुन्च्युरीले गरेकी थिइन् ।



























