दमाैली अस्पतालका कर्मचारीलाई डर ,धम्की दिने अनिल मगर पक्राउ

दमाैली अस्पतालका कर्मचारीलाई डर ,धम्की दिने अनिल मगर पक्राउ

दमाैली अस्पतालमा कार्यरत अहेव सृष्टि कार्की लगायतका कर्मचारीलाई डर , धाक , धम्की दिँदै अपशब्द बाेल्ने अनिल मगरलाइ प्रहरीले पक्राउ गरेको छ ।

इमर्जेन्सी डिपार्टमा ड्युटीमा रहेका बेला रातको १.३० बजेको समयमा मादक पदार्थ सेवन गरि मातेका मगरले अपशब्द बाेल्दै धम्की दिएर भिडियो खिच्दै स्वास्थ्यकर्मी लगायतका बिरामीलाई त्रास गराएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेका मगरलाई ७ दिनको म्याथ थप गरि अनुसन्धान भइरहेको जनाइएको छ । मगरको त्यस्तो हर्कतले अस्पतालका कर्मचारीमा डर पैदा भएको छ । रातको समयको ड्युटीमा कसैले केही गर्छकि भन्ने डर उनिहरूमा पैदा भएको छ । इमानदार भएर उपचारमा खट्दाखट्दै यस्तो असुरक्षा आएपछि मनमा आघात पर्ने र काम गर्नै गार्‍हो हुने उनिहरूकाे भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page