नाटकीय कमव्याक जित निकाल्दै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल प्रवेश

नाटकीय कमव्याक जित निकाल्दै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल प्रवेश

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बायर्न म्युनिखलाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को नतिजासहित रियलले फाइनलको यात्रा तय गरेको हो ।

यसअघि बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन वैकल्पिक खेलाडीका रुपमा अन्तिमतिर मैदान प्रवेश गरेका  होसेलुले दुबै गोल गरे । उनले ८८ औं र ९०+१ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको ६८ औं मिनेटमा अल्फान्सो डेभिसको गोलबाट अग्रता लिएको बायर्नले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुपर्यो ।

रियलले अब उपाधिका लागि बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन २ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page