प्रहरी र बिद्यार्थी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

प्रहरी र बिद्यार्थी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

प्रहरी र बिद्यार्थी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा व्यास नगरपालिका वडा नं.०१ करङकाठ स्थित दमौली फुटसल खेल मैदानमा उक्त प्रतियोगिता भएको थियो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आथित्यता र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहरा एवम् कन्काइ विद्यालयका प्रबन्ध निर्देशक मिलन गोदारको उपस्थितिमा उक्त प्रतियोगिता भएको दमाैली फुटसलका सञ्चालक मनाेज गुरूङले बताए ।

जिप्रकामा कार्यरत प्रहरी कर्मचारी, विद्यालयका शिक्षक,अभिभावक र विद्यार्थीहरु गरी करिब ९० जनाको उपस्थितिमा प्रहरी कर्मचारीको फुटसल टिम र कन्काइ ग्लोबल एकेडेमीका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको गुरूङले जानकारी दिए । फरक उमेर समुहको उक्त खेल रोचक र मनोरन्जनात्मक भएको समेत उनले बताए ।
दमाैलीमै एकमात्र रहेको दमाैली फुटसलमा पछिल्लो समय खेलाडीहरूकाे आकर्षण बढ्दै गएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page