डुम्रे साँस्कृतिक युवा परिवारकाे अध्यक्षमा गुरूङ
डुम्रे साँस्कृतिक यूवा परिवारको १४ औं अधिवेशन सम्पन्न भएको छ । क्लबकाे शनिवार सम्पन्न अधिवेशनले विक्की गुरुङ्गकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा शम्भु श्रेष्ठ, सचिवमा ईश्वर नेपाल, कोषाध्यक्षमा सुनिता शाही चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरुमा अभिजेस पिया, डा.प्रज्वल पिया, ई=अनमोल पिया,सुरज वानियाँ, धुर्व कुमार श्रेष्ठ र आशिष सुनार चयन भएकाे स्थानीय युवा समाजसेवी सन्तोष थापाले बताए ।


त्यस अगाडि कार्यक्रमका प्रमुख अतिथि बन्दिपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष एवं क्लवका भू=पु अध्यक्ष शिव कुमार श्रेष्ठले समाज, संस्कृतिको उथ्थान, विशिष्ट व्यक्तित्वहरुको उत्पादनमा यस संस्थाको विशेष भुमिका रहेको बताएका थिए ।


साे अवसरमा क्लवका संस्थापक अध्यक्ष शिवकाजी पिया र भू=पु अक्ष्यक्ष राजेन्द्र पियाले क्लबकाे इतिहास र समाजप्रतिको दायित्वको बारेमा प्रष्ट पार्दै नयां कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा निर्वाचन मण्डल संयोजकमा महेन्द्र शाही रहेका थिए ।



























