एमाले तनहुँ नेतृत्वको लागि भएको मतदानमा ५६० मत खस्याे !

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको १० औ अधिवेशनमा निवर्तमान उपाध्यक्ष हरिराज कडेल र पुर्व प्रदेश सदस्य विष्णुभक्त सिग्देल सहितको प्यानल बीच भएको मतदानमा ५६० मत खसेको छ । कुल ५८७ मत मध्ये अहिले केहीबेर अगाडि सम्पन्न मतदानमा ५६० मत खसेको एमाले नेता कवि राज श्रेष्ठले बताए । निर्वाचनको अब केही बेरमा मतगणना सुरु हुने श्रेष्ठले जानकारी दिए ।

पार्टीको उपाध्यक्षमा कडेलका पक्षवाट राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी, उपसचिवमा खिम कुमाल र सुनिता नेपालीले प्रतिष्पर्धा गरेका छन् भने अर्का अध्यक्षका उम्मेदवार सिग्देलका पक्षवाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, सहसचिवमा वसुन्धरा घर्ति र आर के पोखरेलले प्रतिष्पर्धा गरेका छन् ।

जिल्लामा प्रतिनिधित्व गर्ने क्षेत्रहरुमा खुल्ला सदस्य तर्फ ११ जना पुरुष, ११ जना महिला निर्वाचित हुनेछन् भने ४० वर्ष उमेर समुहका युवाको १० जनाको प्रतिनिधित्व रहेनछ । यसैगरि ४० वर्ष मुनिको ५ जनाको महिलाको सहभागिता हुनेछ ।
यसैगरि दलित पुरुष तर्फ ३ र १ जना महिलाको अनिवार्य जिल्लामा प्रतिनिधित्व हुनेछ । मुश्लिम समुदायवाट २ जना, अल्पसंख्यकमा १ जना, अपाङ्गमा १ जना, नगरपालिकामा ४ पुरुष र २ महिला, गाँउपालिका तर्फ २ पुरुष र १ महिलाको प्रतिनिधित्व रहनेछ । मजदुर तर्फ २ पुरुष र १ महिला रहनेछ ।

अध्यक्षका उम्मेदवार रहेका हरिराज कडेललाई किरण गुरुङ्ग, केदार सिग्देल, टुकराज सिग्देल भगवती न्यौपाने लगायतको नेताहरुको साथ रहेको छ भने अर्का प्रत्यासी विष्णुभक्त सिग्देललाई पृथ्वीसुव्वा गुरुङ्गको साथ रहेकाे चर्चा चलेको छ ।

यही बैशाख २८ गते देखि शुरु भएको अधिवेशनवाट ९९ जना निर्वाचित हुनेछन भने लेखा कमिटी लगायत केही पदमा सर्वसम्मत भईसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page