आदिकवि भानुभक्तमा लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई समितिको आयाेजनामा “लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य एबं गण्डकी प्रदेश संयोजक बुद्ध गर्जा मगरको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमकाे प्रशिक्षकमा जिल्ला प्रहरी कार्यालय तनहुँका रामशरण राना र जितेन्द्र खत्री रहेका थिए ।


इकाई समितिका अध्यक्ष सोन आले मगर को अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महा प्रसाद हड़खले , सहायक क्याम्पस प्रमुख सागर पौडेल लगायतको उपस्थिति रहेको थियो ।


यस्तै कार्यक्रममा विभागीय प्रमुखहरु , प्राध्यापकहरु , नेपाल मगर विद्यार्थी संघ तनहुँका पदाधिकारि एबं सदस्य हरु ,विद्यार्थी नेता इन्जिनियर आशिष कैनी, ने वि संघ तनहुँका सदस्य रिम बहादुर आले मगर, JCI व्यास नगरका उपाध्यक्ष दूत वहादुर थापा ,स्व वि यु सचिव अनुप आले,जिल्ला प्रहरी कार्यालय तनहुँका बाबु राज अधिकारी, स्व वि यु पदाधिकारि एबं सदस्यहरु र क्याम्पसमा दर्ता भएका विभिन्न क्लबका अध्यक्ष एबं सदस्यहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो।



























