नेवारी भाषा सिकाउँदै नेवा दवु गुठी समन्वय समिति

नेवारी भाषा सिकाउँदै नेवा दवु गुठी समन्वय समिति

नेवा देय दवु गुठी समन्वय समिती दमौलीले ससाना बाबु नानी लाइ नेवारी भाषा सिकाएको छ । नेवारी भाषा कक्षामा दैनिक १५ जना बिद्यार्थी आउने गरेकाे गुठी समन्वय समितिका सचिव जुन नारायण श्रेष्ठले बताए ।

गुठीले नेवारी भाषा र संस्कृति जाेगाउने उद्धेश्य राखी भाषा कक्षा लिएको उनलेे जानकारी दिए । नयाँ पुस्ताका बावुनानीले नेवारी भाषा बाेल्न तथा बुझ्न पनि नसकिरहेको अवस्थामा भाषा संरक्षण गर्नुपर्छ भन्ने महशुस गरेर उक्त भाषा सिकाउन थालेको श्रेष्ठको भनाइ छ ।

नेवारी भाषा कक्षामा सहभागी श्रीया श्रेष्ठले नेवारी भाषा सिक्ने कक्षा लिन थालेपछि धेरै कुरा बुझेको बताइन् । म पहिला केही पनि बुझ्थिन भन्दै उनलेे करिब १५ दिनमा सामान्य बाेल्न तथा बुझ्न सक्ने भएको बताइन् । भाषा सिक्न आएका विद्यार्थीहरूले आफ्नाे भाषा सिक्न पाएकाेमा खुसी व्यक्त गर्दै नेवा : दय दवु गुठी समन्वय समितिलाई धन्यवाद दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page