बन्दीपुरमा दुई युवकको डुबेर मृत्यु
बन्दीपुरका दुई युवकको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर–६ बस्ने बर्ष २० का बिनोद गुरुङ र सोही स्थानका अन्दाजी २० बर्षका हिरा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर–२ बट्टार स्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको हाे।


छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार अन्य चार जना सकुशल रहेका छन् । मृतक दुबैको शव पोष्मार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।





























