गण्डकी प्रदेश अर्थ तथा विकास समिति द्वारा प्राकृतिक चिकित्सालय निरीक्षण

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति भाेजराज अर्याल नेतृत्वको टिमले नवलपुर स्थित प्राकृतिक चिकित्सालय देवचुलि रजहरकाे निरिक्षण अवलोकन गरेको छ । साे अवसरमा अर्थ तथा बिकास समिति सभापति अर्यालले चिकित्सालयकाे अवलोकन गर्दै मानवजिवनका लागि अत्यन्तै राम्रो र आवस्यकिय रहेको चिकित्सालयका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त अवसरमा चिकित्सालयकि डाक्टर आजाद पुरीले औसधिकाे सेवन बिना नैँ हजारौं बिरामीहरू सन्चो बनेर गएको जानकारी दिइन् । डाक्टर पुरीले गाडी सर्भिसिङ गरेजस्तो हाम्रो शरीरको पनि समयमा सर्भिस गर्नुपर्ने भन्दै विस्तारामा पुगेपछि मात्रै दाैडनु भन्दा बिरामी नहुदै सावधानी अपनाउनुपर्ने बताइन् । खानपान लगायतको जिवन शैली बदल्ने हाे भने मानिस स्वस्थ हुन सक्ने र त्यो बाताबरण यहाँ रहेको उनले जानकारी दिइन् । कार्यक्रममा अवलोकनमा आएकाे टिमलाइ चिकित्सालयका डाइरेक्टर हरि सुवेदीले स्वागत गर्दै चिकित्सालयकाे अवस्थाकाे बारेमा जानकारी गराएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page