काङ्ग्रेस नेता भण्डारीकाे नेतृत्वमा हिन्दुराष्ट्र स्थापना महाअभियान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको पुनर्गठन भएको छ । महाअभियानका कार्यवाहक संयोजक कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले पद भण्डारीलाई हस्तान्तरण गरे संगै यसको जिम्मेवारी नेता भण्डारीको काँधमा आएको छ। नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको बैठकले हिन्दुराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरेको कांग्रेस नेता लोकेश ढकालले जनाएका छन् । महाअभियानले पार्टीको आसन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई उठाउने निर्णय गरेको छ ।महाअभियानको बैठक पुन बसेर महासमितिमा मुद्दालाई प्रस्तुत गर्ने विषयमा छलफल हुने छ। उक्त बैठकमा कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना,  अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले,  जोत्सना साउद लगायत उपस्थित रहेको थियो । बैठकमा अभियानका सदस्य लोकेश ढकालले बैठकका एजेन्डाको साथै घोषणा पत्रको अवधारणा प्रस्तुत गरेका थिए । भण्डारीको नेतृत्वमा पार्टीको अघिल्लो महासमिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने मतसहित हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । २०७७ सालमा भएको उक्त बैठकमा ७ सय बढी प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई पंक्तिलाई बुझाएका भएपनि यस सम्बन्धमा पार्टी मौन रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page