तउवा संघ द्वारा आगलागीकाे घटना प्रति दुख व्यक्त गर्दै क्षतिपूर्ति माग
गएराती दमौलीमा भएको आगलागीको घटनाप्रति तनहुँ उद्योग बाणिज्य संघ र दमाैली बजार इकाईले दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिको माग गरेका छन् ।


तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र तथा उवासंघ दमाैली बजार इकाई सभापति सुकनारायण मल्लले एक संयुक्त विज्ञप्ती जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका हुन् । अध्यक्ष मिश्र र सभापति मल्लले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरी तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् ।


विज्ञप्तिमा भनिएको छ – व्यास नगरपालिका वडा नं. ३ ट्राफिक चोक स्थित फलफूल लाईनमा रहेका सटरहरूमा भिषण आगलागि हुन गई अत्यन्तै ठूलो भौतिक क्षती हुनुका साथै त्यस आसपासमा रहेका थुप्रै व्यवसायीहरूको सटरहरू पूर्ण रूपमा क्षती हुन गएको दुखद् घटना प्रति तनहुँ उद्योग वाणिज्य संघ एवं तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समिति परिवार गहिरो दुख व्यक्त गर्दछ। आगलागिबाट भएको क्षतिले व्यवसायीहरूलाई पर्न गएको विषम परिस्थितीमा तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समिति अन्तरगत रहेका सदस्य व्यवसायीहरू लगायत अन्य पीडित सम्पूर्ण व्यवसायीहरू प्रति भावनात्मक सहिष्णुता प्रकट गर्दछौं ।

साथै यस भिषण आगलागिलाई नियन्त्रणमा लिन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दै विषम क्षतिको उचित मूल्याङकन गरी शीघ्र क्षतिपूर्तिको लागि नेपाल सरकार लगायत अन्य सम्बन्धित निकायसँग आवश्यक रचनात्मक सहयोग प्रदान गरिदिनुहुनका साथै क्षती भएका व्यवसायिक सटरहरू यथाशीघ्र पुर्ननिर्माण गरी व्यवसाय सञ्चालन गर्न सहज वातावरण सृजना गरी सहयोग गरिदिनुहुन समेत तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समिति परिवार हार्दिक अनुरोध गर्दछौं ।
पुनश्चः बीमा गरिएका व्यवसायीहरूको क्षती भए बमोजिम अविलम्ब यथाशीघ्र भुक्तानी गरिदिनुहुन बीमा कम्पनी लिमिटेडहरूलाई जोडदार माग गर्दछौं ।


























