बन्दीपुर केवलकार सञ्चालनमा ,केवलकारकाे खर्च कति ?

बन्दीपुर केवलकार सञ्चालनमा ,केवलकारकाे खर्च कति ?

तनहुँकाे बन्दीपुर केवलकार विगत ३ दिनदेखि परिक्षणकाे क्रममा सञ्चालनमा रहेको छ । परिक्षणकाे क्रममा भएकोले यही सनिवार सम्म उसले निशुल्क यात्राका लागि अनुमति दिएकाे छ । निशुल्क यात्राकाे कारण मानिसहरूकाे ठुलो भिड लागेको छ ।

बन्दीपुर केवलकारको टिकट दर

बन्दीपुर केवलकारको सेवामा छुट लिनको लागि कार्डको आवश्यकता पर्दछ जसमा केवलकार परियोजनाको सेवा बाहेक अन्य उपयोगी हुने आफ्नो बिस्तृत बिवरण समेत राख्न सकिने छ ।

यस कार्ड बनाएपछि सो कार्डले ५ बर्षको अवधीका लागि काम गर्दछ । सो कार्ड तयार गनको

लागि इच्छुकहरुले रु ६००/- भुक्तानी गर्नु पर्दछ । यस शुल्कको भुक्तानीमा एक पटक केवलकारको जान आउने भाडामा शत प्रतिशत मिनाहा समेत गरिएको छ।

                              टिकट दर र छुट

१.साधारण एवम् नियमित फेयर रु.५००/– (छुट ३७.५%)

२.इभेन्ट फेयर एवम् बैबाहिक फेयर २५ जना रु.८०००/–

३.पिकनिक समूह फेयर ३० जना रु.१००००/–

४.सामूहिक फेयर ५० जना रु. १५०००/–

५.विद्यार्थी फेयर रु. ३००/– (छुट ६२.५%)

६.शैक्षिक भ्रमण फेयर ३० जना रु.८०००/–

७.सहकारी भ्रमण फेयर ५० जना रु.१६०००/–

८.राष्ट्र सेवक कर्मचारी एवम् शिक्षक फेयर रु.४००/– (छुट ५०%)

९.जेष्ठ नागरिक फेयर रु.२५०/– (छुट ६८.७५%)

१०.रिजर्भ एण्ड हनिमुन फेयर रु.६०००/–

एक जोड़ीले क़याबीन रिजर्ब गरेर दुई राउण्ड लगाउन सकनेछन ।अतिरिक्त सुबिधाको रूपमा लाइन बस्नू परने छैन, क्याप्सुल लिफ्ट सबार रहेर भिउज रूम प्रवेश गरि पनारोमिक हिमालय रेंज़ हेरन पाइने,स्विमिंग पुल, शिब-सूर्य नारायण कोरिडोर प्रवेश,1/1 गलास बियर,साउना/स्पा मध्य एक  र फोटो सूट निःशुल्क हूनेछ।  

११.एडभेन्चर फेयर रु.१००००/–

क्रिस्टल क़याबीनमा एक जना मात्र सबार हुन पाउने, ब्रेकफास्ट/लंच/ डिनर मध्य एक, बियर, स्विमिंग पुल, हेल्थ क्लब सुबिधा, कैप्सुल लिफ्ट, भिउज रूम र स्काई-वाक् निःशुल्क हुने छ।

१२.रेस्ट्रो फेयर रु.२५०००/–

बढ़ीमा चार जना ब्याक्ति रेस्ट्रो क्याबिनमा सबारमा रहेर एक घण्टा निरन्तर रेस्टूरेंटको सेवा लिन सकीने छ। दस हजार बराबरको सामग्री निःशुल्क उपलब्ध हुने छ।

१३. प्रेसिडेंटल फेयर रु. २५/-यूएस डलर  ( अतिरिक्त सुबिधा थपहुने )

बिसेश क्याबिन हुनेछ । फ़ुल माला, जलपान सेवा सत्कार, ब्रेकफास्ट/लंच/डिनर मध्य एक, बियर, क्याप्सुल लिफ्ट भिउज रूम, हेल्थ क्लब, स्काई वाक्, स्विमिंग पुलको सेवा निःशुल्क उपलब्ध हुनेछ। यो सुबिधा (यू एस डलरमा) भुक्तनी गर्ने हरुको लागी मात्र हुनेछ।

१४.प्रीमियम फेयर रु१५/- यूएस डलर  ( अतिरिक्त सुबिधा थपहुने )

बिना लाइन सबारी,फ़ुल माला,जल-पान, ब्रेकफास्ट/लंच/डिनर मध्य एक, लिफ्ट,भिउज रूम प्रवेश र एक बोटल बियर निःशुल्क र फोटो भिड़ियो उपलब्ध हुनेछ।

१५.फ्रेंडशिप फेयर रु७००/- (छुट २५% साउथ एसियन नागरिक केंद्रित अफर )

बिना लाइन सबारी हुने, फ़ुल, एक बोटल पानी, शिबजी- सूर्य नारायण कोरिडोर प्रवेश निःशुल्क,

१६.चाइल्ड फेयर रु.३००/– (छुट ६२.५%% र ९३ फिट भन्दा तल निशुल्क )

१७.अनलाइन बुकिङ फेयर रु.४५०/– (छुट ४३.७५%)

१८.सेवा सदस्य फेयर ३५०/– (छुट ५६.२५%)

१९.दाता फेयर रु.२००/– (छुट ७५%)

२०.स्थानीय फेयर रु.३०० /– (छुट ६२.५%)

२१.मिडियाकर्मी फेयर रु.२५०/– (छुट ६८.७५%)

२२.टुरिस्ट कोर्ट एबम लन्च फेयर रु.३००/– (छुट ६२.५%)

२३.प्याकेज फेयर रु.१०००/– (अतिरिक्त सुबिधा थपहुने।)

२४.अपानग्मैत्री फेयर रु.३०० /– (छुट ६२.५%)

२५.बन्दीपुर आवसीय फेयर ३५०/– (छुट ५६.२५%)

२७.बन्दीपुर गाउँपालिकामा कार्यरत कर्मचारी साथै निजले सिफारिश गरेका अतिथि

२७५/– (छुट ६५%)

२८. बन्दीपुर गाउँपालिकामा आउने सेवाग्राही रु.३००/–छुट (६२.५%)

२९ . लाइफ टाइम फेयर रु.२००००/– स्थानीय बासिन्दा र सेयरधनीको लागि मात्र (२

जना लाई) श्रीमान श्रीमतीको लागी १० बर्ष सम्म कुनै शुल्क नलाग्ने, साथमा एक एक जना

परिबारको सदस्यहरु सबार गराऊन सकीनेछ।

३० .नियमित स्कुल जाने लागि रु.५०/– मात्र

३१- रकसिंग (ROCKSEEING) रु.२०००/–

बिसेष  चीयरलिफ्टमा चार जना सम्म सबार हुने र बन्दीपुरहिल चट्टान रोपबाट चढ़ने र दुनियाँ को फरक मज्जा लूटने सुबिधा हूनेछ, प्रति ब्याक्ति रु.२०००/– टिकट लागनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page