आदिकविकाे मितेरी गाउँ दुवुङमा युवा रेडक्रस आदिकवि द्धारा शौक्षिक सामग्री वितरण
आदिकवि भानुुभक्त क्याम्पसको मितेरी गाउ दुबुङमा युवा रेडक्रस सर्कल आदिकवि द्धारा शौक्षिक सामग्री वितरण गरिएको छ । ऋषिङ गाउँपालिका–३ मा अवस्थित दुबुङको शान्ति मा.वि.का कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत न्यून आय भएका ३६ जना विद्यार्थीहरूलाई युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अभियान अन्तरगत शौक्षिक साम्रगी वितरण कार्यक्रम गरिएको हाे ।


रिसिङ ३ का वडा अध्यक्ष भीमबहादुर थापाकाे
प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ ,क्याम्पस प्रमुख महाप्रसाद हड्खले, हरि सिं गुरुङ, शान्ति मा.वि का अध्यक्ष वेल बहादुर आले, नबिल र्बैकं दमौली शाखा प्रबन्धक विष्णु रायमाझी , सर्कलका उपाध्यक्ष पुष्प पण्डित , शान्ति मा.वि.का प्र.अ. ऋषिराम रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रध्यापक तिल ब थापा, धन ब थापा, लेखा अधिकृत विष्णु रिजाल, इएमआईएस प्रमुख ई. अनमोल प्रधान, शान्ति मा.वि.का शिक्षक एवं विद्यार्थीहरु लगायत अन्यको उपस्थिति रहेको थियो ।



























