लागु औषध सहित बन्दिपुरका सुवास र गाेरखाका सन्जिव पक्राउ

लागु औषध सहित बन्दिपुरका सुवास र गाेरखाका सन्जिव पक्राउ

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डबाट लागु औषध सहित २ जना पक्राउ परेका छन । प्रहरी टोलीले आइतबार सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेको ग २१ प ९८१९ नं. को मोटरसाइकलमा सवार गोरखा पालुङटार न.पा.- ७ बस्ने वर्ष ४२ को सन्जिव थापा र तनहुँकाे बन्दिपुर गा.पा.-१ बस्ने वर्ष ३६ को सुवास सुनार पक्राउ परेका हुन् ।

थापा र सुनारले लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल (Tramadol) लेखिएको १७३० ट्याब्लेट नियन्त्रित लागु औषध सहित उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page