क्षत्री समाज व्यास ६ काे अध्यक्षमा केसी

क्षत्री समाज व्यास ६ काे अध्यक्षमा केसी

क्षत्री समाज नेपाल व्यास नगरपालिका वडा नं ६ को प्रथम अधिवेशन सनिवार सिसाघाटमा सम्पन्न भएकाे छ । अधिवेशनले बिनम के. सी काे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा पदम बहादुर चदौला, महिला उपाध्यक्षमा भगवती बसौला, सचिबमा प्रतिमा थापा ,कोषाध्यक्षमा वसन्त बहादुर पन्त र सह सचिबमा किशोर के.सि चयन भएका छन् ।

त्यस्तै समितिकाे सदस्यहरूमा रामबहादुर केसी , खुमबहादुर कार्की , लक्ष्मी भण्डारी पाेख्रेल , विनिता पाेख्रेल , एन्जिला अधिकारी थापा , लक्ष्मी बाेगटि चदाैला ,सुभद्रा कार्की , नानुमाया बराकाेटि र बल बहादुर चदाैला चयन भएको क्षेत्री समाज नेपाल व्यास नगर सभापति शंकर अधिकारीले बताए ।

त्यस अगाडि भएको अधिवेशनकाे कार्यक्रमका प्रमुख अतिथि क्षेत्री समाज नेपाल तनहुँका अध्यक्ष शम्भु बहादुर अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा क्षेत्री समाज तनहुँका प्रथम उपाध्यक्ष प्रेमबहादुर रावत , व्यास नगर सभापति शंकर अधिकारी लगायतले क्षत्रीहरू एकजुट हुनुपर्नेमा जाेड दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page