लागु औषध ट्रामाडोल सहित शुक्लागण्डकीका थापा पक्राउ
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागु औषध ट्रामाडोल सहित शुक्लागण्डकीका दिवस थापालाई पक्राउ गरेको छ ।


मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेका शुक्लागण्डकी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २१ का थापालाइ साथमा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल (Tramadol) लेखिएको ४५७ ट्याब्लेट नियन्त्रित लागु औषध सहित पक्राउ गरीएकाे प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





























