व्यास २ मा याेजना तर्जुमा सम्बन्धि सुझाव संकलन तथा छलफल !

व्यास २ मा याेजना तर्जुमा सम्बन्धि सुझाव संकलन तथा छलफल !

व्यास नगरपालिका वडा नं २ काे आर्थिक वर्ष २०८१/२०८२ काे वडा स्तरीय याेजना तर्जुमा सम्बन्धि सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले प्रत्येक वडालाइ १ करोड रूपयाँ नगरपालिकाबाट बिनियाेजन गरेको बताए । याेजना हरू बनाउँदा आवस्यकता र प्राथमिकताका आधारमा बनाउन तथा गुणस्तरीय काम गर्न उनलेे आग्रह गरे । करङकाठ बसपार्क जाने बाटोमा ६ करोड १० लाख बजेट लागतमा बन्ने पक्की पुल काे खर्च आधा संघीय सरकारकाे र आधा नगरपालिकाकाे बजेटमा बन्ने भन्दै प्रमुख न्याैपानेले पुल निर्माण सम्पन्न पश्चात् त्यस भेगका जनता लाई आवतजावतमा सजिलो हुने बताए ।


कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले सबै टाेलवासिकाे चित्त बुझ्ने गरि बजेट बाँडफाँड हुँदै आएकाे बताए । वडाले बजेट बाँडफाँड गर्दा याे पार्टी या त्यो पार्टीको नभनी सबैकाे मनाेभावनालाइ सम्बाेधन हुने गरि गर्ने गरिएकोले अहिलेसम्म कतैबाट बिराेध नआएकाे श्रेष्ठले बताए ।

वडाले यस वर्ष भाैतिक पुर्वाधारमा भन्दापनि अन्य शिर्षकलाई ध्यान दिएको भन्दै श्रेष्ठले टाेलबाट आएकाे याेजना माथि वडाको बाेर्ड बैठकमा छलफल गरि निर्णय गरेर नगरपालिकामा पठाउने जानकारी दिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस व्यास दुईका सभापति टुकबहादुर हमाल , दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठ , व्यास २ का वडा सदस्य सुरेश वाग्ले , व्यास नगरपालिकाका पुर्व कार्यपालिका सदस्य कल्पना पाेख्रेल , तनहुँ उद्योग वाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्ल , सत्यवति माविका प्रअ पुष्पकला भट्टराई , बालमन्दीर माविका सहायक प्रअ लक्ष्मी मल्ल , जनसेवा प्राविका प्रअ सारदा अधिकारी , महिला वडा समन्वय समिति सभापति इन्दिरा पण्डित , वडा सचिव पम्फा बस्नेत लगायत १७ वटै टाेलका अध्यक्ष एवम् प्रतिनिधिहरूले बाेलेका थिए ।

सहभागी बक्ताहरूले खानेपानी , सडक , अव्यवस्थित बिजुलीको तार , सरसफाइ , याेजना लगायतका विषयमा वडाकाे ध्यानाकर्षण गराउँदै विभिन्न सुझाव हरू दिएका थिए । टाेलका अध्यक्षहरूले बजारमा अव्यवस्थित रूपमा रहेको बिजुलीका तारहरू लाई व्यवस्थित बनाएकोमा वडा परिवारलाई धन्यवाद दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page