दमाैलीमा भएको रक्तदानमा १८ पिन्ट रगत संकलन

दमाैलीमा भएको रक्तदानमा १८ पिन्ट रगत संकलन

गणतन्त्र दिवसको अवसरमा सोमबार तनहुँको दमौलीमा रक्तदान गरिएको छ । विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय बमोजिम व्यास नगरपालिका-३ अनसन चौतारीमा रक्तदान आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनामा भएको रक्तदानमा १८ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम , नेकपा (एमाले) का अध्यक्ष हरिराज कंडेल, पुर्व मन्त्री डाेवाटे विक , नेपाल रेडक्रस साेसाइटि तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गाैतम , मन्त्री सुर्यचन्द्र हड्खले , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहरा लगायतकाे सहभागीता रहेको थियाे ।

त्यसअघि दमौली बजार र ब्यास गुफा क्षेत्रमा सरसफाइ गरिएको थियो । यस्तै गणतन्त्र सुदृढीकरणका लागि युवाको भूुमिका’ शीर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयाेजना गरिएको छ । १५ गते बिहान अनशन चौतारीमा भेला भई प्रभातफेरी गर्ने, झणडोत्तलन कार्यक्रम , समन्वय हलमा शुभकामना आदान–प्रदान कार्यक्रम , र नागरिकका लागि निशुल्क स्वास्थ्य जाँच गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी जेठ १६ गते बिहान आदिकवि भानुभक्त क्याम्पसमा वृक्षारोपण , दमौली अस्पतालका बिरामी र कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने र दिउँसो महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता गर्ने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page